खाेज्नुहाेस

सरकारको प्राथमिकता आर्थिक विकास : परराष्ट्रमन्त्री राणा 

Image

धनगढी – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व कायम राखेर देशको आर्थिक विकास गर्ने भएको बताएकी छिन् । सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनलाई बुधबार धनगढीमा सम्बोधन गर्दै मन्त्री डा. राणाले मुलुक राजनीतिक अस्थिरताको बन्दी बनेपछि स्थायित्व दिन कांग्रेस–एमालेको सरकार बनेको बताएकी हुन् ।

‘मुलुक राजनीतिक अस्थिरताको बन्दी बनेपछि स्थायित्व प्रदान गर्न दुई प्रमुख दल कांग्रेस र एमालेको सरकार बनेको हो । त्यसैले यो सरकारको प्राथमिकता स्थायित्व, आर्थिक विकास र शान्ति हो,’  उनले भनिन् ।

add everest academy
attariya hospital
navjiwan hospital

मन्त्री राणाले कुनै पनि देशमा स्वदेशी तथा वैदेशिक लगानीका लागि सबैभन्दा पहिला राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्ने भएकाले यसका लागि सरकारले काम गरिरहेको बताइन् । सरकार स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनमा लागेको पनि उनले बताइन् ।

मन्त्री राणाले सरकारको आर्थिक विकासको एजेण्डालाई थप प्रवद्र्धन गर्न आफूले परराष्ट्र मन्त्रालयमा अलग्गै आर्थिक कूटनीति महाशाखाको स्थापना गरेर कूटनीतिका माध्यमबाट विदेशी लगानी भित्र्याउने कामका लागि सहजीकरण गरिरहेको बताइन् ।

attariya technical collage