खाेज्नुहाेस

लगानी सम्मेलनको पूर्व तयारी सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री धनगढीमा

Image

धनगढी – सुदूरपश्चिप प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पूर्व तयारी सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धनगढी पुगेकि छन् । मंगलबार विहान बुद्धएयरको जहाजबाट उनि धनगढी पुगेकि हुन् । परराष्ट्रमन्त्री राणालाई विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह लगायतको टोलीले स्वागत गरेको थियो । लगानी तथा विकास सम्मेलनको पूर्व तयारी सम्मेलन यही जेठ २० र २१ गते दुई दिनसम्म चल्ने छ । प्रमुख अतिथिको रूपमा परराष्ट्रमन्त्री डा.आरजु राण देउवाबाट सम्मेलनमा सम्वोधन हुने कार्यक्रम तय गरिएको छ ।

navjiwan hospital

‘सुदूरपश्चिमको सशक्तीकरण : लगानी, नवप्रवर्तन र उन्नति’ मूल नाराका साथ सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन असोज १ र २ गते आयोजना हुँदैछ ।

attariya hospital