खाेज्नुहाेस

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Image

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा आज दायर गरेको हो ।

navjiwan hospital

कैलाली क्षेत्र नम्बर ४ को प्रदेश सभा १ बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् । २०७४ को निर्वाचनमा पनि सोडारी यही क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

attariya hospital

उनी गत वर्ष बैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले केन्द्रमा काँग्रेस–एमालेको गठबन्धन बनेसँगै अल्पमतमा परेपछि साउन १८ गते पदबाट राजीनामा दिएका थिए ।