खाेज्नुहाेस

बझाङमा हावाहुरीले ठूलो क्षति

Image

बझाङ – सोमबार बेलुकी अचानक आएको हावाहुरीले बझाङ जिल्लाका विभिन्न क्षेत्रमा ठूलो क्षति पु-याएको छ । थलारा, केदारस्युँ लगायतका उच्च पहाडी भेगमा हावाहुरीले जस्ताले छाएका घरका छाना उडाउनुका साथै अन्नबालीमा पनि व्यापक क्षति पु-याएको हो ।

थलारा– १ का स्थानीय बासिन्दा जनक निरौलाले आफू बस्दै आएको घरको जस्ताको छानो उडाएको बताए । उनले हावाहुरीले गहुँ, तरकारी जस्ता मौसमी अन्नबालीमा समेत धेरै क्षति भएको बताए । कतिपय स्थानमा बिजुलीका पोल ढलेको तार चुँडिएको छ ।

attariya hospital
navjiwan hospital

स्थानीय तह तथा प्राविधिक निकायहरूले क्षतिको प्रारम्भिक विवरण संकलन सुरु गरिसकेको र सम्भव भएसम्म राहत तथा मर्मत कार्य अगाडि बढाउने तयारी भइरहेको जनाइएको छ ।

बझाङ जिल्ला प्रशासनले अत्यावश्यक बाहेकका गतिविधि सावधानीपूर्वक गर्न र हावाहुरी अझै पनि जारी रहने सम्भावना भएकाले सतर्कता अपनाउन जिल्लावासीलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले बताए ।