खाेज्नुहाेस

तेक्वान्दो प्रतियोगितामा सहभागि हुने अत्तरिया तेक्वान्दो डोजाङ्गका खेलाडी अमनको बिदाई

Image

अत्तरिया– काठमाण्डौमा हुन गैरहेको तेक्वान्दो प्रतियोगितामा सहभागि हुनका लागि अत्तरियाबाट जाने खेलाडीको बिदाई गरिएको छ ।

navjiwan hospital

काठमाण्डौमा यही जेठ ३ र ४ गते हुने दोस्रो एसकेबिसि बाग्मती प्रदेश आमन्त्रीत तेक्वान्दो प्रतियोगिता २०८२ मा सहभागि हुने अत्तरिया तेक्वान्दो डोजाङ्गका राष्ट्रिय खेलाडी अमन चौधरीको बिदाई गरिएको हो ।

add everest academy
attariya hospital

बिहिबार अत्तरिया तेक्वान्दो डोजाङ्गका प्रमुख ईन्द्र बहादुर सिँहले खेलाडी चौधरीलाई टिका र खादा लगाएर बिदाई गरे । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि मेडल ल्याउन समेत कामना व्यक्त गरे ।

देशभरका ५०० बढी खेलाडी सहभागि हुने उक्त प्रतियोगितालाई काठमाण्डौको हेराल्ड इन्टरनेशनल कलेजले आयोजना गर्दैछ । प्रतियोगितामा करिब २५ लाख खर्च हुने अनुमान गरिएको छ ।