बझाङ – बझाङमा जोत्दै गरेको गोरुसहित लडेर एक जनाको मृत्यु भएको छ । भिरालो खेत जोत्ने क्रममा लडेर बुंगल नगरपालिका–८ ऐडीगाउँका सुका ऐडीको मृत्यु भएको हो ।

भिरालो खेत जोत्ने क्रममा ऐडी गोरुसहित करिब ५०० मिटर तल खोलामा खसेका थिए । उक्त घटनामा हल गोरु पनि मरेका छन् ।

ऐडी मकै रोप्नका लागि खेत जोतिरहेका थिए ।

















