खाेज्नुहाेस

गोदावरीमा इनडोर ब्याडमिन्टन कोर्ट निर्माण गरिने, प्रदेश सांसद देवकोटाले गरिन शिलान्यास

Image
अत्तरिया – कैलालीको गोदावरीमा इनडोर ब्याडमिन्टन कोर्ट निर्माण गरिने भएको छ ।  प्रदेश सांसद तुलसी देवकोटाको सांसद विकास कोष मार्फत गोदावरी नगरपालिका – १ वसन्तपुरमा ब्याडमिन्टन कोर्ट निर्माण गर्न लागिएको हो ।
attariya hospital
कोर्टको बुधवार प्रदेश सांसद देवकोटाले शिलान्यास गरेकी छिन् । शिलान्यास कार्यक्रममा बोल्दै उनले युवाहरूलाई खेलकुद तर्फ आकर्षित गर्नको लागि कोर्ट निर्माण गर्न लागिएको बताइन् ।
‘युवाहरूको लागि के गर्ने भन्दा खेरी एउटा युवा लक्षित कार्यक्रम अन्तरगत ब्याडमिन्टन कोर्ट भनेर यो योजना हालेका हौ’ उनले भनिन ‘हामीले यो कार्यक्रम सबै युवाहरू सँग सल्लाह गरेर नै अगाडी बढाएका हौ ।’
उनले अहिले युवाहरू कुलतमा लाग्ने क्रम बढेकाले यस्ता युवा लक्षित कार्यक्रम गर्दा युवाहरूलाई कुलतमा लाग्नबाट पनि जोगाउन मदत पुग्ने बताइन् ।
उनले स्थानीय स्तरमै यस्ता संरचना निर्माण गर्दा राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा पनि मदत पुग्ने बताइन् । उनले ब्याडमिन्टन कोर्टको सञ्चालन र रेखदेखको जिम्मेवारी स्थानीय युवाहरूले लिनुपर्ने बताइन् ।
navjiwan hospital
६० फिट लम्बाइ र ६० फिट चौडाइको ब्याडमिन्टन कोर्ट हल निर्माणका लागि सांसद कोषबाट १५ लाख बजेट विनियोजन गरिएको छ । जसबाट ब्याडमिन्टन कोर्टको फाउन्डेसन तयार हुने जनाइएको छ । कोर्टको फाउन्डेसन निर्माणका लागि सागर कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता गरिएको छ । जसको निर्माण अवधि चालु आर्थिक वर्षको असार मसान्त सम्म राखिएको छ । थप बजेट आगामी आर्थिक वर्षमा विनियोजन गरिने जनाइएको छ ।
ब्याडमिन्टन कोर्ट शिलान्यास कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट, वडाध्यक्ष एवम् नगर प्रवक्ता गोपाल दत्त भट्ट, नेपाली काँग्रेसका क्षेत्रीय सभापति वसन्त रोकाया (ललित), काँग्रेस नेता लोक राज पाण्डे (आगो) लगायतको स्थानीयको सहभागिता रहेको थियो ।