खाेज्नुहाेस

दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख ओझाको मृत्यु, गाउँपालिकामा शोक बिदा

Image

दार्चुला– दार्चुलामा माथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिकाको रिठाचौपाताबाट घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा लागेर सोही गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशवराज ओझाको मृत्यु भएको हो ।

navjiwan hospital

गाउँपालिकाको शैक्षिक कार्यक्रम सकाएर मोटरसाइकलमा घर फर्कने क्रममा सोमबार बेलुकातिर लेकम गाउँपालिका–४ गोदालीमा दुर्घटनामा परी उनी सख्त घाइते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रिठाचौपातका अनुसार गोदालीमा माथिबाट खसेको ढुंगा लागेर ओझाको पिँठ्युमा चोट लागेको थियो ।

attariya hospital

सख्त घाइते अवस्थामा उनलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि गोकुलेश्वर अस्पताल लगिएको हो । उपचारका लागि गोकुलेश्वर अस्पताल पु-याउँदा डाक्टरले ओझालाई मृत घोषणा गरेको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताए ।  शिक्षा अधिकृत ओझाको मृत्युले लेकम गाउँपालिकाको शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको गाउँपालिकाका अध्यक्ष जोशीले बताए ।

गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखसमेत रहेका ओझाको मृत्युपछि गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले बताए ।