खाेज्नुहाेस

बाजुराकी मनपुरा कुवेतमा बिरामी, उद्धार गरिदिन अनुरोध

Image

बाजुरा– बाजुराको पूर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं –४ फैतीकी मनपुरा मल्लले कुवेतबाट नेपालमा उद्धार गरिदिन विभिन्न सहयोगी मनहरूमा आग्रह गर्दै आएकी छन । २०८० साल तिर धन कमाउन भन्दै कुवेत उडेकी मल्ल त्यहाँ पुगेको दुई वर्षपछि बिरामीले थला परेपछि अहिले उनले सामाजिक सञ्जालमार्फत कुवेतदेखि नेपालमा उद्धारको माग गर्दै आएकी हुन ।

navjiwan hospital

बिरामीले थला परेको दुई महिना भएपनि उपचारका लागि आफन्त कोही नभएकोले कुवेतबाट नेपाल उद्धार गरिदिनका लागि सबैमा आग्रह गर्दै आएको मल्लले बताईन । ‘मैले कम्पनीको काम छोडेको पनि एक महिना भयो । आफू सँग न पैसा छ नत कोही सहयोग गर्ने आफन्त नै छ । मैले यो बिरानो देशमा मर्नुभन्दा नेपालमै मर्न चाहेकाले मलाई यहाँदेखि नेपाल लगिदिन सबैमा आग्रह गरेकी हुँ’ उनले भनिन् ।

attariya hospital

सबैलाई अनुरोध गर्दा पनि अहिलेसम्म कुवेतबाट कसैले उद्धार नगरेकोले सामाजिक सञ्जालमार्फत नेपाल सरकारलाई उद्धारका लागि आग्रह गरेको उनि बताउँछन । धन कमाएर घरपरिवारलाई खुसी पारौंला भन्ने सोचमा कुवेतमा पुगेकी मल्ललाई अहिले आफ्नै ज्यान जोगाउन निकै सकस भएको छ । उनलाई यतिबेला न त उपचार गर्न पैसा छ न त नेपालमा फर्काइदिन कम्पनीको सहयोग मिलेको छ ।

त्यसैले कुनै विकल्प नभएपछि यतिबेला उनले सामाजिक सञ्जालमार्फत कुवेतदेखि नेपाल फर्काइदिन सबैमा आग्रह गर्दै आएकी छन् । रहरले नभई बाध्यताले कुवेतमा पुगेकी मल्ल अहिले त्यहाँ जीवन मरणको दोधारमा बाँच्न बाध्य छन् ।