बाजुरा– बाजुरामा देवता आए भनेर नदीमा हाम फालेकी महिलालाई बचाउन जाँदा एक युवकको डुबेर मृत्यु भएको छ । बुढीगङ्गा नदीमा डुबेर जिल्लाको खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका २६ वर्षिय गणेश नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्रिवेणी नगरपालिका–८ मा मौरे धार्मिक स्थलमा पितृको काम गरिरहेका गणेशले उनिसँगै कामका लागि आएकी अञ्जलीलाई बचाउन नदीमा हाम फालेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार ३२ वर्षिया अञ्जली नेपालीले पितृ आए भनेर नदीमा हाम फालेकी थिईन । तर बुढीगङ्गा नदीले उनलाई बगाएपछि बचाउन गएका गणेशको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनकबहादुर बोहराले बताए ।

मृतक नेपालीको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याएको बोहराले बताए ।