खाेज्नुहाेस

बाजुरामा भूमिहीनलाई निस्सा वितरण

Image

बाजुरा – बाजुराको बडीमालिका नगरपालिका वडा नं। ७ का भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएको छ। वडा नम्बर ७ मा प्राप्त ५१ निवेदनमध्ये ६ जना भूमिहीन दलित र ४५ जना अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए।

navjiwan hospital

भूमि समस्या समाधान आयोग बाजुराको समन्वयमा तथा वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा वडाले लगत प्रविष्टिसँगै निस्सा वितरण सुरु गरेको हो। आयोगका जिल्ला अध्यक्ष जनक रोकायाले ऐलानी तथा पर्ती जग्गा पहिचानपछि नापजाँच गरी लालपुर्जा वितरण प्रक्रिया अघि बढाइने बताए।

attariya hospital

उनका अनुसार लाभग्राहीलाई निस्सा वितरणपछि सातदिने दाबी–विरोध सूचना जारी गरिनेछ, विरोध नभएमा लालपुर्जा वितरण हुनेछ। भूमिहीन सुकुमवासी तथा दलितलाई निःशुल्क जग्गा उपलब्ध गराइने व्यवस्था छ भने अव्यवस्थित बसोवासीको हकमा मापदण्डअनुसार मूल्यांकन गरी प्रक्रिया अघि बढाइने छ।