खाेज्नुहाेस

बाजुरामा ट्याक्टर कर्णाली नदीमा खस्यो

Image
file photo

बाजुरा– बाजुरामा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको कर्णाली करिडोरको बुढीनन्दा नगरपालिका–१ पादुका मन्दिर नजिकै बिहीवार राति ट्याक्टर दुर्घटना भएको हो ।

navjiwan hospital

जिल्लाको हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी आउँदै गरेको से १ त ३४४३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट कणाली नदीमा प्रहरीले बताएको छ ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जगन्नाथ गाउँपालिका–२ हुनी बस्ने ४२ वर्षीय उत्तम विष्टले चलाएको ट्याक्टर कर्णाली नदीमा खसेको बताए । ट्याक्टर चालक विष्टको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।