बाजुरा – बाजुरामा आइतबार साँझ कर्णालीमा माछा मार्न गएका स्वामिकार्तिक खापर गाउँपालिका–२ फयल गाउँका अन्दाजी ४० वर्षीय पुसे भण्डारीको भीरबाट खसेर मृत्यु भयो । स्थानीय गणेश बुढाका अनुसार पुसे जहिल्यै जोखिम मोलेर माछा मार्न जान्थे । भीरबाट लडेपछि घरमा फोन गरेर जानकारी दिएका उनको समयमा उद्धार हुन नसक्दा मृत्यु भएको थियो ।
साँझको समयमा निकै अप्ठ्यारो भिरमा अड्किएका भण्डारीको उद्धार गर्न गाउँले पुग्दा सम्म मृत्यु भएको थियो । अप्ठ्यारो भिरबाट शव निकाल्न नसकेपछि उद्धारका लागि गएका ८ जना पनि रात भरी भिरमै अड्किएका थिए ।


उनीहरूको सोमबार भने सकुशल उद्धार गरिएको छ । गाउँका आठ जना स्थानीयसहित सुरक्षाकर्मी रातभर भीरको फेदीमा रहेको कर्णाली नदीको किनारमा रोकिएकाको र ¥याफ्टिङमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
उनीहरूको हिमाली गाउँपालिकाको धुलाचौरबाट -याप्टिङ ल्याएर सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए । उनका अनुसार आइतबार राति भीरबाट लडेर एक जनाको मृत्यु भएको खबर आए पनि राति भइसकेको र भीरबाट शव ल्याएर फर्किन सकिने अवस्था नभएकाले उनीहरू घटनास्थलमै बास बसेको बताए ।
सम्बन्धीत समाचार : बाजुरामा भीरबाट खसेर एक जनाको मृत्युु















