खाेज्नुहाेस

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Image
file photo
बाजुरा – बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आइतबार राती खप्तड छेडेदह गाउँपालिका–५ चिराल्नामा डोगडीबाट बुढिगंगा तर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक बुढिगंगा नगरपालिका–४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको मृत्यु भएको हो ।
attariya hospital
navjiwan hospital
ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरको ट्रली मुनी च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दुर्घटनामा चालकको छोरा १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी ले जनाएको छ।