धनगढी – प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश विकासको सम्भावना भएको प्रदेश भएको बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विभिन्न सम्भावना भएको प्रदेश रहेको बताउँदै यहाँको सम्भावनालाई आत्मसाथ गर्दै विकासमा प्रदेश सरकार सँगै सहकार्य गर्ने बताए ।

सुदूरपश्चिम प्रदेशलाई विकसित प्रदेश बनाउन आवश्यक रहेको बताउँदै उनले त्यसका लागि उद्यमशीलताको विकास गर्न आवश्यक रहेको बताए । त्यसले प्रदेशमै रोजगारीका सम्भावना बढाउने बताए ।

महाकाली कोरिडोर, सहजपुर बोगटान सडक, धनगढी, दिपायल, उरै भन्ज्याङ सडक लगायतका काम आफ्नै पहलमा बनिरहेको दाबी गर्दै ओलीले थप विकासका लागी लाग्ने बताए । धनगढी रगंशाला सामान्य खेल मैदान रहेको बताउँदै ओलीले यसलाई चाँडै स्तरोन्नति गरी राम्रो रगंशाला बनाइने दाबी गरे ।
उनले गेटामा यसै वर्षभित्र शैक्षिक कार्यक्रम सञ्चालन हुने बताए । गेटामा अस्पताल र शैक्षिक कार्यक्रम यसै वर्षदेखि सुरु हुने र त्यसपछि मेडिकल विश्वविद्यालयका रूपमा विकास गर्ने बाटोतर्फ लैजाने उनको भनाई थियो ।
आइतबार नै सुदूरपश्चिम आएका ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएका थिए भने साँझ धनगढी सभा हलको उद्घाटन कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किएका छन् ।


















