खाेज्नुहाेस

सुदूरपश्चिममा करारका कर्मचारीलाई स्थायी गर्ने गरी ल्याउन लागिएको विधेयकको विरोध

Image
धनगढी – सुदूरपश्चिममा करारका कर्मचारीलाई स्थायी गर्ने गरी ल्याउन लागिएको विधेयकको विरोध गरिएको छ ।  सरकारले ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ मार्फत स्थानीय तहमा अस्थायी वा करारको रूपमा नियुक्त भएकाहरूको छुट्टै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्ने व्यवस्था ल्याउन लागिएपछि विरोध गरिएको हो ।
सीमित कर्मचारीलाई लाभ हुने गरी विधेयकमा प्रावधान राखिएको भन्दै धनगढीका युवाहरूले प्रदेश सभाअगाडि विरोध प्रदर्शन गरेका छन् । ‘सार्वजनिक प्रतिस्पर्धालाई बन्देज गर्ने कानुन पनि ल्याउन पाइन्छ ?,’ प्रदेश सभाको मूल गेटमा विरोधमा उत्रिएका युवा रोयल जोशीले भने, ‘हामी यस्तो प्रावधान लागू हुन दिन्नौँ ।’
विधेयकमा पहिलो पटकका लागि प्रदेश लोकसेवा आयोगले उनीहरूबिच मात्रै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने’ उल्लेख गरिएको छ ।
यो ऐन पारित भएपछि सुदूरपश्चिमका स्थानीय तहमा स्वीकृत दरबन्दीमा रहेका सयौँ अस्थायी तथा करार कर्मचारीहरूले आफूहरूबिच मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् । लोकसेवाले त्यस्ता कर्मचारीलाई लक्षित गर्दै छुट्टै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने भन्ने विषयले सीमित कर्मचारीलाई लाभ हुने भन्दै विरोध गरिएको हो ।
navjiwan hospital

सम्बन्धीत समाचार सुदूरपश्चिममा करारका कर्मचारीलाई स्थायी गर्ने गरी विधेयक ल्याइँदै

attariya hospital