खाेज्नुहाेस

सुदूरपश्चिममा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, बर्षा हुँदै

Image

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागको मौसम साधारणतया बदली छ। देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ।

navjiwan hospital

सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएराति काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको छ। उपत्यकाका कतिपय ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको छ।

godawari nagarpalika dadhelo
attariya hospital

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।