सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

शुक्रबार बिहान २:५१ बजेको समयमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ ।
रातको समयमा भएपनि धक्का महसुस पछि स्थानीय घरबाहिर निस्किएका थिए । भूकम्पबाट भएको क्षतिको विवरण आउन भने बाँकी रहेको छ ।

















