खाेज्नुहाेस

बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

Image
file photo

बाजुरा – बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका – १ का अन्दाजी ४० वर्षका नृपराज रेग्मीको भीरबाट लडेर मृत्यु भएको हो ।

navjiwan hospital

गाउँ नजिकै माछा मार्न गएका रेग्मीको बिहीबार बिहान भीरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

attariya hospital

घटनाको प्रकृति हेर्दा भीरबाट नै लडेर मृत्यु भएको देखिए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।