खाेज्नुहाेस

आज प्रजातन्त्र दिवस मनाइँदै

Image

२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा देशभर विभिन्न कार्यक्रमगरी दिवस मनाउन लागिएको हो ।

attariya hospital
navjiwan hospital

नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातान्त्रिक नयाँ युग प्रारम्भ भएको दिन ७ फागुनलाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रूपमा लिइन्छ ।

जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक वर्ष ७ फागुनमा यो दिवस मनाइँदै आएको हो ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्यगरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

आज सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा पनि दिएको छ ।