बाजुरा – बाजुराका विद्यार्थी बोकेको बस कर्णाली राजमार्गमा दुर्घटना भएको छ । नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको बस आइतबार बेलुका दुर्घटनमा परेको छ । सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका ५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिडेको थियो । उक्त बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ । २६ जना विद्यार्थीहरू मध्ये २ जनालाई विद्यार्थी घाइते भएका छन् ।

प्रहरी चौकी बड्डिचौरका अनुसार घाइते हुनेमा बाजुराको बुढिगङ्गा नगरपालिका ६ बस्ने १८ वर्षीय हेमराज जैशी र सुनिलराज उपाध्याय रहेका छन् । उनिहरूलाइ उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।
अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जैशीको दुबै हात, खुट्टा र ढाँडमा चोट लागेको छ भने उपाध्ययको छातिमा चोट लागेको प्रहरीले जनाएको छ ।