खाेज्नुहाेस

बाजुरामा बसको ठक्करबाट घाइते भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

Image
file photo

बाजुरा – बाजुरामा बसको ठक्करबाट घाइते भएकी महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । आइतबार बिहान साँफे–मार्तडी सडक खण्ड अन्तर्गत बुढीगंगा नगरपालिका–१ अम्कोटमा बसको ठक्करबाट घाइते भएकी ३५ वर्षीय बिस्णा पाध्यायको थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत रेफर गरिएको हो ।

navjiwan hospital

उक्त दुर्घटनामा बिस्णाका ८ वर्षीय छोरा नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामै मृत्यु भइसकेको छ ।

attariya hospital

गर्भवती रहेकी बिस्णाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत सुर्खेत रेफर गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

आइतबार बिहान धनगढीबाट सदरमुकाम मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसिरहेका आमा छोरालाई ठक्कर दिएको थियो ।