खाेज्नुहाेस

डोटीमा एक घर जलेर अढाई लाखको क्षति

Image
navjiwan hospital

डोटी – डोटीमा एक घर जलेर अढाई लाखको क्षति भएको छ । आइतबार बिहान केआईसिंह गाउँपालिका–३ झिगा बस्तीका ४० वर्षका बाजी भुलको दुई तले ४ कोठे ढुङ्गा, माटोले बनेको स्लेटले छाएको घर आगलागी भएर नष्ट भएको हो ।

खाना पकाउने क्रममा आगलागी हुँदा १० बोरा धान, लत्ताकपडा, काठ, भाँडा वर्तन, फर्निचर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आगलागी स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

attariya hospital