खाेज्नुहाेस

धनगढीमा मानव वन्यजन्तु द्धन्द्ध अन्तरसम्बन्ध विषयक कार्यशाला गोष्ठी आयोजना

Image

अत्तरिया– कञ्चनपुरको ब्रम्हदेव र लालझाडी परिसरमा जलवायु–मानव वन्यजन्तु द्धन्द्ध अन्तरसम्बन्ध विषयक कार्यशाला गोष्ठी आयोजना गरिएको छ । बिहिबार धनगढीमा निड्स नेपालले सो विषयमा सरोकारवालाहरुसँग गोष्ठीको आयोजना गरेको हो ।

navjiwan hospital

गोष्ठीमा पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन मार्फत मानव र वन्यजन्तु द्धन्द्ध कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । छलफलका क्रममा सहभागीहरुले मानव र वन्यजन्तुविचको द्धन्द्धका कारणहरु पनि औल्याएका थिए । जसमा वनजंगलको विनास गरी बस्ती विस्तार गरिनु, नदी तथा खोला छेउमा बस्ती बसाईनु, सडकहरु निर्माण गरिनु लगायतका कारणहरु उल्लेख गरिएको थियो । ति कारणहरुले गर्दा वन्यजन्तु र मानव विचको द्धन्द्ध बढ्दै गईरहेको सहभागीहरुको तर्क थियो ।

attariya hospital

सहभागीहरूले जलवायु परिवर्तनका कारण वन्यजन्तुको बासस्थान, आहारा तथा पानीका स्रोतमा परेको प्रभावले मानव बस्ती र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको विषयमा धारणा राखेका थिए । यस्ता चुनौतीको दीर्घकालीन समाधानका लागि पारिस्थितिकी प्रणालीमा आधारित अनुकूलनका उपायहरू प्रभावकारी हुनेमा उनीहरूले जोड दिएका थिए । गोष्ठीमा ब्रह्मदेव–लालझाडी परिसरमा जैविक विविधता संरक्षण, वन तथा जलाधार व्यवस्थापन, स्थानीय समुदायको सहभागिता, प्राकृतिक स्रोतको दिगो उपयोग तथा मानव–वन्यजन्तु सहअस्तित्वलाई प्रवद्र्धन गर्ने विषयमा समेत छलफल गरिएको थियो ।
कार्यशालामा डब्ल्यूडब्ल्यूएफकी प्रतिनिधि आरती खड्गीले पारिस्थितिकीय प्रणलीमा आधारित अनुकूलन मार्फत मानव–बन्यजन्तु द्धन्द्ध न्यूनिकरणका आफ्नो प्रस्तुती प्रस्तुत गरेकी थिईन ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग, पर्यटन बन तथा वातारण मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव दिर्घनारायण कोईराला रहेका थिए । कार्यक्रममा बोल्दै उनले मानव र बन्यजन्तुबिचको द्धन्द्धको मुख्य कारण मानिस नै रहेको बताए । उनले मानिसहरुकै कारणले गर्दा वन्यजन्तुहरुको बासस्थान मासिदै गईरहेको र वन्यजन्तुहरु बस्तीमा पस्न थालेको बताए । उनले भोजनको कमी, आवासको क्षयिकरण, असुरक्षा लगायतका कारणले ज्यान जोखिममा पारेर भएपनि बन्यजन्तुहरु बस्तीमा पर्ने गरेको बताए । त्यसको कमजोरीको फाईदा उठाउदै मानिसलै बन्यजन्तुहरु मास्ने काम गरिरहेको उनको भनाई थियो । उनले मानिसहरुले आफ्नो अहंकारलाई विर्सेर बन्यजन्तुको जीवन प्रणालीमा आफ्नो कर्तव्यलाई ध्यान दिन आवश्यक रहेको बताए । निड्स नेपालकी अध्यक्ष दुर्गा खरेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन निड्स नेपालका कर्मचारी विनोद कडाराले गरेका थिए ।