खाेज्नुहाेस

डोटीमा अपांगता भएका व्यक्तिका घरमै पुगेर नागरिकता प्रदान

Image

डोटी– डोटीमा अपांगता भएका व्यक्तिहरुलाई घरमै गएर नागरिकता प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अपांगता भएका व्यक्तिहरुलाई घरमै गएर नागरिकता प्रदान गरेका हुन । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका– ५ का सुरेश बोहरा र वडा नम्बर ७ का निर्मल धामीलाई प्रजिअ जोशीले घरमै पुगेर नागरिकता उपलब्ध गराएका थिए ।

navjiwan hospital

शारीरिक रूपमा पूर्ण अशक्त भएका कारण नागरिकता लिन प्रशासन कार्यालय सम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नेपाली नागरिकता प्रदान गरेको प्रजिअ जोशीले बताए । ‘हामीले एक जना मानसिक तथा शारीरिक र एक जना शारीरिक रूपमा अशक्त भएका व्यक्तिलाई नागरिकता उपलब्ध गराएका छौ’ उनले भने ‘उहाँहरूले पहिला बालक परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ता पाइरहनु भएको रहेछ, अहिले नागरिकता पाउने उमेर भएको तर कार्यालयमा पुगेर नागरिकता लिन समस्या हुने भएपछि घरमै नागरिकता उपलब्ध गराएका हौँ ।’

attariya hospital

राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट कुनै पनि नागरिक कुनै कारणले वञ्चित हुन नपरोस् भन्ने उद्देश्य आफ्नो रहेको उनले बताए । प्रजिअ जोशीले उनिहरुको शारीरिक र आर्थिक समस्यालाई मध्यनजर गरी घरमै पुगेर नागरिकता प्रदान गरेको बताए । जिल्लाका अन्य स्थानीय तहहरूमा पनि त्यस्ता व्यक्तिहरु भए आफूले घरमै पुगेर नागरिकता उपलब्ध गराउने जोशीको भनाई छ ।

गाउँपालिकाको सहजिकरणमा वडाबाट कागजात बनाएर प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पुरा गरेर घरमै नागरिकता उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए । नागरिकता बनाउने उमेर पुगेका तर नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता रोकिने अवस्था आएपछि प्रशासनसँग सहजीकरण गरिएको अध्यक्ष गड्सिलाले बताए ।