चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।


साहारा चितवन सहकारी ठगी मुद्दामा सुनुवाइ भएपछि न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख रुपैयाँ धरौटीमा छाड्ने निर्णय गरेको हो। अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार लामिछानेलाई धरौटी माग गर्दै आदेश जारी गरिएको छ।

साहारा चितवन सहकारी ठगी प्रकरणमा रवि लामिछानेले बुधबार अदालतमा बयान दिएका थिए। थुनछेक बहस बिहीबार सकिएपछि अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।
