बाजुरा – बाजुराको एक घरमा आगलागी भएको छ । सोमबार बुढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई बडीमालिका नगरपालिका–८ मार्तडी बजारमा टिन र काठले बनेको एकतले कच्ची घर बनाई बस्दै आएका पशुपति थापाको घरमा आगलागी भएको हो ।

थापाले आगलागीबाट तीन तोला सुन, नगद ४ लाख ८० हजार, ऊनको गलैंचा २० ओटा, ल्यापटप एक थान लगायतका सामान जलेको बताएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

थापाको परिवार व्यापार व्यवसायको सिलसिलामा मार्तडी बजारमा बसिरहेको र भेंडा बेचेको नगद रकम आगलागीमा जल्न पुगेको बताएको बाजुरा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खाना बनाउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको थियो ।
