डोटीमा गोब्रे च्याउको व्यवसायीक उत्पादन गर्दै शाही

डोटी– डोटीमा गोब्रे च्याउ व्यवसाय सुरु भएको छ । गत वर्ष उक्त च्याउको परिक्षण उत्पादन सफल भएपछि यस वर्षदेखी डोटीका एक जना कृषकले व्यवसायीक रुपमा उक्त च्याउको उत्पादन सुरु गरेका हुन ।

maya metro hospital

जिल्लाको दिपायल सिलगढी नगरपालिका– ५ का कृषक जय बहादुर शाहीले उक्त च्याउको व्यवसायीक उत्पादन सुरु गरेका छन । उनले वडाको जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर पहिलोपटक उक्त च्याउखेती थालनी गरेको बताएका छन । यसअघि कन्य च्याउ उत्पादन गर्दै आएका शाहीले कृषि ज्ञान केन्द्रले सहयोग गरेपछि गोब्रे च्याउको पनि खेती सुरु गरेका हुन । उक्त च्याउको खेतीका लागि केन्द्रले उनलाई लागतको ५० प्रतिशत सहयोग गरेको छ ।

citizen security services

शाहीले गोब्रे च्याउका लागि आवश्यक कम्पोस्ट मल हेटौँडाबाट ल्याएको बताए । उनका अनुसार उनले मंसिर ३० गते च्याउ राखेका हुन । जसका लागि प्रतिकिलो ५० रुपैयाका दरले २० टन कम्पोस्ट खरिद गरेको उनले बताए । त्यतिमात्रै नभई उक्त च्याउको बीउ पनि धनगढीबाट ल्याएको उनले बताए । उनका अनुसार उक्त च्याउ उत्पादन सुरु हुञ्जेलसम्म २ लाख रुपैया लागत लागेको छ ।

attariya hospital

अन्य च्याउ भन्दा अलि बढि समय सम्म राख्न मिल्ने, पौष्टिक तत्वको मात्रा राम्रो हुने र बजारमा माग राम्रो भएकाले अन्य च्याउ भन्दा गोब्रे च्याउको खेती राम्रो हुने कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।
जिल्लामा पौष्टिक तथा आर्थिक दृष्टिले निकै महत्वपूर्ण मानिने गोब्रे च्याउखेती व्यावसायिक रूपमा विस्तार गर्ने उद्देश्य राखेको ज्ञान केन्द्रले जनाएको छ । गोब्रे च्याउबाट मसरुम चिल्ली, मसरुम सुप, मसरुम पकौडालगायत परिकार बन्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.