खाेज्नुहाेस

आज विश्व सिमसार दिवस मनाइँदै

Image

काठमाडौं – ‘हाम्रो साझा भविष्यका लागि सिमसार क्षेत्रको संरक्षण’ नारासहित आज विश्व सिमसार दिवस मनाइँदै छ। यो दिवस, सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापना प्रवर्द्धन गर्न जनचेतना अभिवृद्धि गर्न मनाइन्छ ।

navjiwan hospital

सन् २०२१ अगस्ट ३० मा संयुक्त राष्ट्रसंघले विश्वभर हरेक वर्षको फेब्रुअरी २ मा यो दिवस मनाउने निर्णय गरेको थियो। सन् १९७१ मा इरानको रामसार सहरमा आयोजित सिमसारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको सम्झनामा यस दिनलाई विशेष रूपमा मनाइन्छ।

godawari nagarpalika dadhelo
attariya hospital

हाल नेपालमा कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलाशय, र पोखरा उपत्यकाका नौ तालहरू रामसार सूचीमा सूचीकृत छन्।

सिमसार क्षेत्र भनेको प्राकृतिक वा कृत्रिम रूपमा सृजित भई पानीले ढाकिएको क्षेत्र हो। यसमा स्थायी वा अस्थायी रूपमा बग्ने वा जमेको पानी, दलदल, धाप, झरना तथा नुनिलो पानी भएका भूभागहरू समावेश हुन्छन्।