यही माघ १८ मा सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिको निर्वाचन हुने

धनगढी– सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिको निर्वाचन यही माघ १८ गते हुने भएको छ । प्रदेशसभा सचिवालयले आइतबार सूचना जारी गर्दै १८ माघमा निर्वाचन हुने जनाएको हो ।

Karma Consultancy

प्रदेशसभाका सूचना अधिकारी युवराज जैशीका अनुसार १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम राखिएको छ । १८ माघमा सभापति चयनका लागि सम्बन्धीत समितिको बैठक बस्ने जनाइएको छ ।

citizen security services

सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समितिको रिक्त रहेको सभापति पदका लागि निर्वाचन हुुने प्रदेशसभा सचिवालयले जनाएको छ । सुदूरपश्चिम ११ पुसमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबण्डा भएको थियो ।

attariya hospital

नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसले विशेष समितिको सभापति पाउने गरी भागबन्डा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.