खाेज्नुहाेस

डोटीबाट गर्भवतीको उद्धार गरी सुर्खेत पर्‍याइयो

Image
file photo
navjiwan hospital

डोटी – डोटीमा गर्भवतीको हेलीकोप्टमार्फत उद्धार गरिएको छ । आइतबार बडीकेदार गाउँपालिका–५ केदारमाण्डौकी २३ वर्षय बिस्नादेवी पुन मगरको हेलीकोप्टमार्फत उद्धार गरिएको हो ।

सुत्केरी व्यथाले च्यापेर अचेत अवस्थामा रहेकी उनको स्थानीय सामुदायिक स्वास्थ्य इकाइ सिडिखेतमा उपचार भइरहेको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीमा प्राप्त हुनासाथ नेपाली सेनाको हेलीकोप्टरबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुर्‍याइएको डोटी प्रहरीले बताएको छ ।

attariya hospital