धनगढीमा आफ्नै सहोदर भाइले गरे दाजुको हत्या

धनगढी– धनगढीमा आफ्नै सहोदर भाईले दाजुको हत्या गरेका छन । शनिबार राती घरायसी विवादका क्रममा आफ्नै भाईले कैँची प्रहार गर्दा धनगढी उपमहानगरपालिका –१७ दिपनगर टोल बस्ने लालबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Karma Consultancy

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार घरायसी विवाद हुँदा बोहरामाथि उनकै सहोदर भाइ प्रकाश बोहराले कुटपिट गर्दै घाँटीमा कैँची प्रहार गरेका थिए । कैँची प्रहारबाट गम्भीर घाइते भएका बोहरालाई राति नै धनगढीको निसर्ग अस्पताल पु-याइएको थियो ।

citizen security services

तर उनको उपचारका क्रममा मृत्युु भएको प्रहरी निरीक्षक खड्काले बताए । बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनका भाइ प्रकाशलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.