बाजुरा – बाजुरामा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो सदरमुकाम मार्तडीबाट महेन्द्रनगर जाँदै गरेको सु प प्र ०१–००१–१०२० नम्बरको बसले साँफे मार्तडी राजमार्ग अन्तरगत बेतालमाण्डौमा बालकलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट बुढीगंगा नगरपालिका – ८ का कुल ल्वारका ४ वर्षीय छोरा निशु ल्वार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ । घटनापछि बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।