खाेज्नुहाेस

गैरा गाखेत जोड्ने सडक स्तरोन्नतिमा ढिलाई

Image

डोटी – डोटीको गैरा बजारदेखि डडेलधुराको गाखेत जोड्ने ग्रामीण सडकको स्तरोन्नतिको काम दुई वर्षदेखि रोकिएको छ। ठेक्का सम्झौता २०७८ माघमा भए पनि निर्माण कार्य अधुरो छ, जसका कारण गाखेतका बासिन्दालाई यात्रा गर्दा जोखिम मोल्नुपर्ने बाध्यता छ।

navjiwan hospital

सडक डिभिजन कार्यालय कुलपाते, डोटीले काठमाडौँस्थित जेडिएमआर बिल्डर्ससँग करिब दुई करोडको ठेक्का सम्झौता गरेको थियो। २०७९ जेठसम्म काम सक्नुपर्ने भए पनि हालसम्म ११ किलोमिटरमध्ये मात्र पाँच किलोमिटरको काम सम्पन्न भएको निर्माण कम्पनीका सञ्चालक रविकुमार सिंहले जानकारी दिए।

attariya hospital

सडक अपूर्ण हुँदा गाखेतका कृषकहरूको उत्पादन बजारसम्म पुग्न सकेको छैन, जसले गर्दा स्थानीयहरू आक्रोशित भएका छन्। वडाध्यक्ष प्रमोद मल्लले पटकपटक सम्बन्धित निकायसँग समन्वय गरे पनि ठोस परिणाम आएको छैन।

वडा पालिकाको हालैको बैठकले एक महिनाभित्र काम अघि नबढाए आन्दोलन गर्ने चेतावनी दिएको छ।