डोटी– डोटीमा कार्यरत एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । जिल्लाको ईलाका प्रहरी कार्यालय विपिनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुर सिँह पालीको ड्युटीका क्रममा मृत्यु भएको हो ।

बुधबार बिहान ड्युटीका क्रममा एक्कासी छाती दुखेर बेहोस भएपछि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक विनोद शर्माले जानकारी दिए ।

उनलाई तत्कालै स्थानीय बिपिनगर पोलिक्लिनिकमा उपचारका लागि पु-याइएको थियो । सामान्य जाँचपछि थप उपचारको लागि बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरिएकोमा अस्पतालले पालीलाई बुधबार विहान पौने ७ बजे मृत घोषणा गरेको शर्माले बताए ।
मृतक पालीको स्थायी घर डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका–५ रूपालमा रहेको छ बताइएको छ ।
















