खाेज्नुहाेस

सुदूरपश्चिममा अटो र्‍याली र अटोक्रस आयोजना गरिने

Image

धजगढी –सुदूरपश्चिममा फागुन १६ र १७ गते अटो र्‍याली र अटोक्रस आयोजना गरिने भएको छ। सुदूरपश्चिम अटोमोबाइल्स संघको आयोजना र खेलकुद परिषद्को सहयोगमा धनगढीको शिवपुरी धामदेखि डडेल्धुराको परशुराम धामसम्म ५० भन्दा बढी कार र जीप सहभागी हुनेछन्।

navjiwan hospital

संघका अध्यक्ष पुष्कर ओझाका अनुसार, धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित र्‍यालीका विजेताले क्रमशः ८१ हजार, २७ हजार, र ९ हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्।

godawari nagarpalika dadhelo
attariya hospital

र्‍यालीकै क्रममा दोधारा चाँदनीमा अटोक्रस आयोजना गरिनेछ, जसमा २० सवारी चालक सहभागी हुनेछन्। अटोक्रसका लागि १,००० देखि ४,६०० सिसीका कार मात्र समावेश हुनेछन्। आयोजनामा करिब १७.५ लाख खर्च हुने अनुमान छ।