खाेज्नुहाेस

कञ्चनपुरबाट लागू औषध सहित ३ जना पक्राउ

Image
file photo

अत्तरिया – कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ । बुधबार बेलौरी र भीमदत्त नगरपालिकाको ब्रहमदेवबाट ३ जना पक्राउ परेका हुन ।

navjiwan hospital

बेलौरी नगरपालिका – २ बैजुडाँडा स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सुपप्र ०१–०१० प १३२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक कृष्णपुर नगरपालिका – ५ गुलरीयाका २७ वर्षीय गणेश बहादुर खड्का र पछाडी सवार कृष्णपुर नगरपालिका – ६ गुलरीयाका ३३ वर्षीय चेत राज भण्डारीलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरुको साथबाट ६.४२ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको थियो ।

attariya hospital

यस्तै भीमदत्त नगरपालिका –९ ब्रहमदेवबाट ३५ वर्षीय गणेश बुढालाई ०.६९ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।