खाेज्नुहाेस

गोदावरीमा सञ्चालित गैर परम्परागत उद्यमशीलता परियोजनाको सामाजिक लेखा परिक्षण

Image

अत्तरिया- गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता विकास परियोजनाको सामाजिक लेखा परीक्षण अत्तरियामा सम्पन्न भएको छ। मुक्त कमैया महिला विकास मञ्चको आयोजनामा भएको कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट, विभिन्न शाखा प्रमुखहरू, संघसंस्थाका प्रतिनिधिहरू, र परियोजनाका प्रशिक्षार्थीहरूको उपस्थिति थियो।

navjiwan hospital

परियोजना अनुगमन तथा मूल्यांकन अधिकृत पदमराज जोशीले सन् २०२४ मा गोदावरी नगर क्षेत्रमा भएका कार्यहरू र त्यसका लागतहरूबारे जानकारी गराउँदै अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको उल्लेख गरे। जोशीले तालिमका लागि अपेक्षित सहभागीहरू नपाएको र उद्यमशीलता सुनिश्चिता गर्नुपर्ने भएपछि धेरैले तालिममा भाग लिन नचाहेको बताए।

attariya hospital

वडा नम्बर ११ का अध्यक्ष प्रेम बडैलाले तालिम लिएर पनि व्यवहारमा लागू नगर्ने प्रवृत्ति हाबी भएको बताए। उपप्रमुख रोकायाले महिलाहरूलाई स्वरोजगार बनाउन मञ्चको परियोजना उपलब्धिमूलक हुने बताउँदै महिलाहरू परम्परागत पेशामा मात्रै सीमित नभई गैर परम्परागत क्षेत्रमा पनि सक्रिय हुनुपर्नेमा जोड दिइन्।

त्यस्तै गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता परियोजना अन्तरगत सञ्चालित तालिमको अनुगमन पनि गरिएको छ । उप प्रमुख रोकायाको संयोजकत्वमा गएको टोलीले गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता परियोजना अन्तरगत सञ्चालित शैलुन तालिमको अनुगमन गरेको हो ।