खाेज्नुहाेस

मोटरसाइकल दुर्घटनामा बाजुराका एक स्वास्थ्यकर्मीको मृत्यु

Image

अत्तरिया – धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बिहीबार बेलुका धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेका दुई मोटरसाइकल आपसमा ठोक्किँदा मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक बाजुराको बढीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको हो ।

navjiwan hospital

प्रहरीका अनुसार उनी केही दिन अगाडिमात्रै धनगढीमा तालिमको सिलसिलामा आएका थिए । यस्तै खत्रीले चलाएको मोटरसाइकलका सवार २५ वर्षीया शर्मिला थापा भने घाइते भएकी छन् ।

attariya hospital

धनगढी उपमहानगरपालिका बस्ने पुरन शाहले चलाएको सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइकलमा र खत्रीले चलाएको सुपप्र ०१००७११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।