खाेज्नुहाेस

डोटीमा एक महिला जलेर गम्भीर घाइते

Image
navjiwan hospital

डोटी- डोटीमा एक महिला आगोमा जलेर गम्भीर घाइते भएकी छन् । सायल गाउँपालिका-१ छपालीकी ६० वर्षीया सरुदेवी थापा आगो ताप्ने बेला जलेर गम्भीर घाइते भएकी प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार दिउँसो आफ्नै घरमा आगो ताप्ने बेला आगोको झिल्का उनले ओढेको सलमा पर्दा जलेर थापा घाइते भएकी हुन् । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital