
बाजुरा- बाजुराका उच्च लेकाली तथा हिमाली भूभागमा वर्षासहित हिमपात भएको छ । मंगलबार बिहानदेखि हिमाली, जगन्नाथ, गौमुल, बुढीनन्दा, बडीमालिका, त्रिवेणी, खप्तड छेडेदह लगायत जिल्लाका अन्य ठाउँका उच्च लेकाली भेगमा हिमपात भइरहेको हो ।
वर्षासहित भारी हिमपात हुन थालेपछि जनजीवन प्रभावित भएको छ । यसअघि जिल्लामा मंसिरको अन्तममा पनि भारी हिमपात भएको थियो ।














