खाेज्नुहाेस

भूकम्पले बाजुराको गोत्रीका १२३ घरमा क्षति

Image

बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्रीमा भूकम्पले १२३ वटा घरमा क्षति पुगेको छ । शनिबार बिहान गएको ५.२ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु रहेको वडा नम्बर ५ गोत्रीमा पूर्ण तथा आंशिक गरी १२३ वटा घरमा क्षति पुगेको वडाध्यक्ष गौरी सार्कीले बताए ।

navjiwan hospital

वडाध्यक्ष सार्कीको संयोजकत्वमा वडाको बैठक बसेर क्षति पुगेका घरको विवरण संकलन गरिएको थियो ।  संकलन भएको विवरण सम्बन्धित निकायमा पठाउने निर्णयसमेत भएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पले झन्डै डेढ सय घरमा क्षति पुर्याएको र तीमध्ये केन्द्रबिन्दु रहेको वडामा क्षति भएका घरको संख्या १२३ रहेको बताए ।

attariya hospital

उनका अनुसार बस्नै नमिल्ने घरका मानिसलाई सामान्य क्षति भएका घरमा बस्ने व्यवस्था मिलाउन गाउँपालिका र वडाध्यक्षलाई अनुरोध गरिएको छ । प्रभावित नागरिकलाई आवश्यक पाल, त्रिपाल तथा अन्य आवश्यक राहत र सहयोग पु¥याउने काम सुरु भएको बताइएको छ ।