खाेज्नुहाेस

इसाई समाज गोदावरीद्वारा ख्रिष्टमसको शुभकामना आदानप्रदान

Image

अत्तरिया – इसाई समाज गोदावरीले ख्रिष्टमसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । ख्रिष्टमसको पूर्वसन्धामा समाजका अध्यक्ष पास्टर डेविड कैनीको सभापतित्व आयोजना गरिएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए ।

navjiwan hospital

कार्यक्रममा बोल्दै नगरप्रमखु भट्टले नगरपालिकाले सबै धर्मप्रति समान व्यवहार गरेको बताए । उनले सवै धर्मको सरक्षणका लागि सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । उनले मृत्यु पश्चात गरिने संस्कारका लागि ख्रिष्टियन समुदायले भोग्दै आएको समस्या सामाधानका लागि पनि प्रतिवद्धता जनाएका थिए ।

attariya hospital

शुभकामना आदानप्रदान कार्यक्रममा गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्ट, कार्यपालिका सदस्य धनबहादुर बिक लगायतले शुभकामना आदानप्रदान गरेका थिए । ख्रिष्टमस डे, डिसेम्बर २५ अर्थात् पुस १० गते मनाइन्छ, क्रिश्चियन धर्मका प्रवर्तक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा विश्वभर इसाई समुदायले यो पर्व मनाउने गरेका छन ।