खाेज्नुहाेस

देउवा समूहले सुदूरपश्चिमका ८ सहित ५५ जिल्लामा तोक्यो संयोजक

Image

काठमाडौँ – समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले जिल्लामा संयोजक तोकेको हो ।
डा. कोइरालाले नै हस्ताक्षर गरेर जिल्ला संयोजकहरूलाई पत्र दिइरहेका छन् । यही असोज १५ गते वडा अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति निर्धारण गरेको समूहले ५५ जिल्लामा संयोजक तोकेको नेता एनपी साउदले जानकारी दिए ।

navjiwan hospital

साउदका अनुसार सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तोकिएका छन् । बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेलधुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेम बहादुर डगौरा थारु संयोजक तोकिएका छन् ।

attariya hospital

कञ्चनपुरमा संयोजक तोकिएका बोगटी यअसघि नै जिल्ला सभापति थिए । उनी अहिले संस्थापन विरोधी कित्तामा उभिएका हुन् । यस्तै कैलालीमा राम समझ रानालाई सहसंयोजक तोकिएको छ । संयोजकहरूले जिल्लाबाट इतर समूहका गर्नुपर्ने आवश्यक काम गर्नेछन् ।