
कैलाली– नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ । सुदूरपश्चिमको भ्रमणमा रहेका उनलाई आगामी १५औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरूप १५ किलोको माला लगाइएको हो ।
उनलाई धनगढी विमानस्थलमा डडेलधुराका नेता युवराज पाण्डे सहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो । नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो । थारु संस्कृति झल्कने पहिरनसहित नृत्य र सुदूरपश्चिमको हुड्केली नाच पनि उनको स्वागतमा प्रस्तुत गरिएको थियो ।















