खाेज्नुहाेस

एकीकृत समाजवादीको सुदूरपश्चिम इन्चार्जमा जोशी नियुक्त

Image

धनगढी – नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश इन्चार्जमा भानुभक्त जोशी नियुक्त भएका छन् । एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टी उपाध्यक्ष समेत रहेका जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्जमा नियुक्त गरेको हो ।

navjiwan hospital

महाधिवेशनको ६ महिनापछि एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गरेको हो । बैठकले उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेश प्रदेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।

add everest academy
attariya hospital

उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी इन्चार्ज, पार्टीका सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्जको जिम्मेवारी दिइएको छ ।