खाेज्नुहाेस

लेखराज दाईका पालाका भन्दा परिवर्तन गरेर देखाउछु : बलायर

Image

अत्तरिया– नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति विर बहादुर बलायरले आफुले आफ्नो निर्वाचन क्षेत्रलाई विगतका भन्दा केही फरक गरेर देखाउने बताएका छन । मंगलबार निर्वाचन क्षेत्रका बस्ती भेटघाट कार्यक्रममा कार्यकर्ताहरुसँग बोल्दै उनले विगतका भन्दा केही राम्रो र प्रत्यक्ष जनताले देख्ने किसीमको विकास आफ्नो निर्वाचन क्षेत्रमा गर्ने बताएका हुन ।

‘काम गरौला, गर्ने हु, चुप लाग्ने हैन, त्यसकै लागि तपाईहरुले पठाउनुभएको हो’ कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका बलायरले भने ‘लेखराज दाईका पालामा जस्तो थियो यो क्षेत्र त्यो भन्दा परिवर्तन गरेर देखाउने छु, केही परिवर्तन भैरहेको छ ।’

attariya hospital
navjiwan hospital

उनले अहिले देशको आर्थिक अवस्था कमजोर भएकाले काम गर्न केही असहज भैरहेको बताए । ‘अहिले देशको आर्थिक अवस्था ठिक नभएकाले काम गर्न गाह्रो छ, सानो रकम निकाल्न पनि दाँतबाट पसिना निकाल्नुपर्ने अवस्था आएको छ’ उनले भने ‘उनका (लेखराज भट्ट) पालाको जस्तो देशको ढुकुटी भएको भए त काम गर्न सहज हुन्थ्यो, धेरै काम गरिन्थ्यो ।’ त्यसका बावजुद पनि आफुले आफ्नो निर्वाचन क्षेत्रका लागि विभिन्न कामहरु गरिरहेको उनले बताए ।

उनले स्याउलेमा कृषिको अनुसन्धान केन्द्रका लागि लागिरहेको बताए । त्यसका साथै सहजपुरबाट निगाली सम्म ५५ करोडको ठेक्का परिसकेको बताए । त्यतिमात्रै नभई गोदावरी नगरपालिकामा एडिबिको ७ वटा सडकका लागि भरखरै ४० करोड रुपैया निर्णय गरेर आएको समेत बलायरले बताए । उनले कान्द्रा नदीलाई सदाका लागि अटल गर्नका लागि विश्व बैंक सँग कुरा गरिसकेको र यसैवर्षदेखी रानी जमराले तटबन्धको काम गर्न लागिरहेको बताए ।

बलायरले आफुले सकेजती गरिरहेकाले अहिले नै धैर्यता नगुमाउन कांग्रेसका नेता कार्यकर्ताहरुलाई आग्रह गरे । ‘सकिने कुरामा लागेकै छु । चुनाव लड्दा खेरी लास जलाउन कस्तो समस्या थियो गोदावरीमा, अहिले एक वर्ष पछाडी हेर्नुस केही त फरक भएको छ नी’ उनले भने ‘कांग्रेसका नेता कार्यकर्ताहरुले अतालिनु हुदैन । हामीले धैर्यता राखेनौ भने देशको अवस्था झन नाजुक बन्छ ।’ उनले पार्टी भित्र सद्भाव, एकता र मेलमिलाप अति आवश्यक रहेको समेत बताएका थिए ।