खाेज्नुहाेस

उखु बेच्न रातभर जाग्राम बस्नुपर्ने बाध्यता

Image

कञ्चनपुर – कञ्चनपुरका उखु किसानहरू उखु बिक्री गर्न रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ । जिल्लामा अवस्थित दुई ठुला उखु मिलले समयमा उखु खरिद नगरिदिँदा किसान लाइनमा राजभर जाग्राम बस्न बाध्य भएका हुन ।

कञ्चनपुरको दक्षिणी क्षेत्रको पुर्नवास स्थित भागेश्वर सुगर मिल र बेलौरी स्थित महाकाली सुगर मिल सम्म उखु पु¥याउन किसानहरूले उखु विक्री गर्न ३ देखि ४ रात सम्म सडकमै बस्नुपरेको बताएका छन् ।

add everest academy
attariya hospital
navjiwan hospital

कञ्चनपुरको बेलडाँडीका उखु किसान सर्वजित रानाले उखु बिक्री गर्नको लागि २ रात बाटोमै काट्नु परेको बताए । उखु विक्री गर्न २ रात बाटोमै बसेका उनले पालो आए पनि अझै उखु क्रसिङ गर्न २ दिन कुर्नुपर्ने बताए । उनले किसानले उखु विक्रीका लागि पर्चा पनि नपाएको बताए ।

बेलडाडीकै अर्का एक किसानले पनि खेतबाट उखु ल्याएर मिलको गेटसम्म पु¥याउँदा तिन रात बाटोमै बसेको बताए । उनले मिलको गेट सम्म उखु पु¥याएपछि मात्रै पर्चा पाइने गरेको बताए ।
यता महाकाली सुगर मिलका एडमिन कालु सिंह ठगुन्नाले अटेरी किसानहरूले बाटोमा जाम लगाउने गरेको बताए । ‘सबै किसानहरूलाई खेत खाली गरी गहुँ छर्न हतारमा छन्, सबैलाई पर्चा दिन सकिने अवस्था छैन’ उनले भने ‘मिलले २५० देखि ३०० ट्रली मात्रै उखु पेल्ने गरेको छ ।’

attariya technical collage

ठगुन्नाका अनुसार यस वर्ष मिल एरियामा उखु कम रहेको छ । गत वर्ष २१ लाख क्विन्टल उखु क्रसिङ गरेकोमा यस वर्ष कम हुने ठगुन्नाले बताए । महाकाली सुगर मिलले कञ्चनपुरको दोधारा, शुक्लाफाँटामा यस वर्ष उखु विस्तार गरेको छ । मिलमा लालझाडी, बेलडाडी र बेलौरीबाट उखु आउने गरेको छ ।