खाेज्नुहाेस

माओवादी केन्द्रको धनगढी नगर अध्यक्षमा बलबहादुर ऐर निर्वाचित

Image

धनगढी- नेकपा (माओवादी केन्द्र) धनगढी उपमहानगरपालिकाको नगर अध्यक्षमा बलबहादुर ऐर निर्वाचित भएका छन् । पार्टीको दोस्रो अधिवेसनबाट उनी नगर अध्यक्षमा निर्वाचित भएका हुन् ।

navjiwan hospital

उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी ललित खत्रीलाई पराजित गरे । अधिवेसनबाट उपाध्यक्षमा रमेश भट्टराई, रामबहादुर चौधरी र धनबहादुर चौधरी, सचिवमा सुरेश सुनार, सहसचिवमा मुकेश रैका र कोषाध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका माओवादी केन्द्रले बताएको छ । दोस्रो अधिवेशनबाट ७१ सदस्यीय नगर कार्यसमिति बनेको जनाइएको छ ।

add everest academy
attariya hospital

यस्तै, माओवादीको कैलारी गाउँपालिका कार्य समिति अध्यक्षमा पुनः बतासु चौधरी चयन भएका र भजनी नगरपालिकाको नगर अध्यक्षमा जगत विक निर्वाचित भएका माओवादी केन्द्रले जनाएको छ ।