अत्तरिया – कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ । आइतबार धनगढी उपमहानगरपालिका – ३ चटकपुर, कैलारी गाउँपालिका – ४ के गाउँ जङ्गल र कैलारी गाउँपालिका –७ रामपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ६३ हजार ५१ रुपैयाँ बराबरको समान बरामद गरिएको छ ।

जस अन्तरगत चिनी, अण्डा, बिडी, सुर्ती, फलामको किला, सिद्रा माछा, ट्राउजर, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढी जनाएको छ ।


कञ्चनपुरको बेलौरी नगरपालिका – १ भैसोरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ४० हजार बराबरको माछा बरामद गरिएको प्रहरीले जनाएको छ ।